भदौं २८ गते काठमाडौंमा हुने जनससभामा बिप्लवले सम्बोधन गर्ने, एमसीसीविरुद्धमा एक लाख जनता उतार्ने तयारी

२२ भाद्र २०७८, मंगलवार १६:४३

काठमाडौं । एकीकृत जनक्रान्तिको मार्गमा रहेको नेकपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले यही भदौं २८ गते काठमाडौंमा विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

सरकारद्वारा दुई वर्षभन्दा बढि प्रतिबन्धित भई गत वर्ष सरकारसँग ३ बुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा फर्केको बिप्लव नेतृत्वको नेकपाले पहिलो पटक काठमाडौंमा आमसभा गर्न लागेको हो ।

भदौं २८ गते काठमाडौंमा विशाल जनसभामार्फत एमसीसीको विरोध गर्ने निर्णय गरिएको सो पार्टीका स्थायी समितिका सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनले बीमापोष्टलाई जानकारी दिए ।

विद्रोही नेकपाले देउवा सरकारले संसदबाट पास गर्न लागेको एमसीसीका विरुद्धमा सप्ताहव्यापी विरोधका कार्यक्रम समेत घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विभाग प्रमुख कञ्चनका अनुसार भदौं २३ गते देशभर कोणसभा, २५ गते देशैभरि विरोध प्रदर्शन, २६ गते सबै जिल्लामा एमसीसी जलाउने, २७ गते सिठ्ठी जुलुस र २८ गते राजधानी काठमाडौं विशाल प्रदर्शन र जनसभा रहेका छन् ।

सरकारले इण्डोसिआईए रणनीति अन्तर्गत राखेर अमेरिकाले नेपालमा सहयोग परियोजना अन्तर्गत सञ्चालन गर्न लागेको एमसीसी विकास कार्यक्रमलाई संसदबाट पास गर्न संसद बैठक आह्वान गरेपछि विद्रोही नेकपा आन्दोलित भएको हो । पार्टीको आन्तरिक संगठन सुदृढीकरण अभियानमा रहेको पार्टीले एमसीसीका विरुद्धमा निर्णायक आन्दोलन गर्न लागेको नेता कञ्चनले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*