दुई बैंक र एक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१६ मंसिर २०८१, आईतवार ०९:४०

काठमाडौं । कुमारी बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। कम्पनीहरूले सम्बन्धित कम्पनीकै अन्य संस्थापकहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेका हुन्।

कुमारी बैंकले २९ हजार ५४४ कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर किन्न इच्छुक संस्थापकले शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्रीमूल्य बिक्रेताले तकेबमोजिम हुने बैंकले जनाएको छ।

त्यस्तै गरिमा विकास बैंकले २ लाख ५१ हजार ९५२.११ कित्ता शेयर बिक्रीमा राखेको छ। शेयर किन्न इच्छुक संस्थापकले बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

त्यसैगरी ग्लोबल आइएमई लघुवित्तले ६ हजार ७११ कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर किन्न इच्छुक शेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

कम्पनीहरूले संस्थापकलाई निवेदन दिनका लागि ३५ दिनको म्याद तोकेका छन्। उक्त म्यादभित्र आवेदन नपरेको खण्डमा सो शेयरहरू सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीहरूले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*