नाफामा मुक्तिनाथलाई पछ्याउँदै गरिमाः ग्रोथमा आक्रामक लुम्बिनी, पुच्छरमा ज्योति

२५ मंसिर २०८१, मंगलवार १५:३५

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा राष्ट्रिय स्तरका विकास बैंकले २ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ विकास बैंकले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ अर्ब ३ करोड ११ लाख रुपैयाँ मुनाफा कमाएका हुन् छ ।

बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ३१.४२ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख बढी नाफा कमाएका थिए ।

समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । सो अवधिको नाफा ३३.६८ प्रतिशत वृद्धि भई ४२ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ । यसअवधिमा कम्पनीको नाफा ६२.२६ प्रतिशतले बढेर २९ करोड ३७ लाख रुपैयाँ पुगेको हो ।

गरिमा विकास बैंकले चार महिनामा ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफ गत आवको तुलनामा भने ५३.६ प्रतिशत बढी हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, लुम्बिनी विकास बैंकले पनि चार महिनामा २९ करोड ३७ लाख, कामना सेवाले २४ करोड ७१ लाख, महालक्ष्मी विकासले २० करोड १६ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले १३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।

ज्योति विकासको नाफा ९४.०७ प्रतिशत घटेर ६६ लाख रुपैयाँमा समित भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*