राष्ट्र बैंकको दुई विभाग थापाथली सर्ने

२८ मंसिर २०८१, शुक्रबार ०७:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकको दुईवटा विभाग थापाथलीमा सर्ने भएका छन्।

राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनमा सञ्चालन हुँदै आएका बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागलाई थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा सार्न लागिएको हो।

पुस १ गतेदेखि यी दुई विभागका सम्पूर्ण सेवा थापाथलीबाटै सञ्चालन गरिने नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*