गरिमा विकास बैंकद्वारा लाभांश घोषणा

५ पुष २०८१, शुक्रबार १३:२९

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*