एभरेष्ट बैंकको कोशी प्रदेशमा दुई नयाँ शाखा उद्घाटन
१२ पुष २०८१, शुक्रबार १३:३३

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा आफ्नो शाखा सञ्जाल थप विस्तार गरेको छ। बैंकले पुस ११ गते फिदिम नगरपालिका वडा नं। १, पाँचथरमा १३०औं शाखा र पुस १२ गते फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखा शुभारम्भ गरेको हो। यससँगै, कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको छ।
एभरेष्ट बैंकका प्रवक्ता अनुसार, यी शाखाहरूको उद्घाटनको उद्देश्य कोशी प्रदेशका ग्राहकहरूलाई अत्याधुनिक, दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा प्रदान गर्नु हो। बैंकको यो कदमले ग्राहकलाई थप सहजता र सुविधा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।












