सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?

काठमाडौं । आज पुस १४ गते सातवटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। छिमेक लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछन्। भोलि पुस १५ गते सार्वजनिक बिदा परेकाले आजसम्म कायम शेयरधनीले मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्नेछन्।
छिमेक लघुवित्त
यस कम्पनीले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते होटल सामना, हेटौंडामा बिहान ११ बजेदेखि साधारण साधारणसभा बस्नेछ।
जीवन विकास लघुवित्त
यस कम्पनीले १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव राखेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते कटहरी–२, मोरङस्थित केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे साधारण साधारणसभा बस्दैछ।
आत्मनिर्भर लघुवित्त
यस संस्थाले १४.२५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न पुस २९ गते घोराही, दाङस्थित होटेल माला ईनमा बिहान ११ बजेदेखि साधारणसभा बस्दैछ।
कृषि विकास बैंक
यस बैंकले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि पुस २९ गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे साधारणसभा डाकिएको छ।
महालक्ष्मी विकास बैंक
यस बैंकले ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। यो निर्णय पारितका लागि पुस २९ गते एलिस रिसेप्सन, सुबर्ण शम्शेर मार्ग, काठमाडौंमा बिहान १० बजेदेखि सभा बस्दैछ।
मितेरी डेभलपमेन्ट बैंक
यस बैंकले ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्नका लागि पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान–१ मा बिहान ११ बजेदेखि साधारणसभा बस्नेछ।
चिलिमे जलविद्युत कम्पनी
यस कम्पनीले १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा बस्नेछ।












