प्रतिकित्ता १०० रुपैयाँमै गोरक्ष हाइड्रोपावरको साढे २२ लाख कित्ता जगेडा शेयर बिक्रीमा

१८ पुष २०८१, बिहीबार ०६:४०

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले जगेडामा रहेको शेयर मध्येबाट २२ लाख ५३ हजार ३७९ कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो।

उक्त शेयर कम्पनीले हाल कायम रहेका शेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले १५ दिनभित्र शेयर खरिद फर्म, नागरिकता र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र हाल कायम शेयरधनीबाट आंशिक वा पूर्ण रूपमा शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*