जोशी हाइड्रोपावरले बोलायो दुई आवको साधारणसभा

२५ पुष २०८१, बिहीबार ०६:५६

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी माघ १५ गते दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीले नवौं र दशौं वार्षिक साधारणसभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान १० बजे बोलाएको हो। तर कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव भने समावेश गरेको छैन।

सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि अघि सारिएको छ। सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*