समता घरेलु लघुवित्तको लाभांश घोषणा
२५ पुष २०८१, बिहीबार १०:१८

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल ५.२६३१५७९० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। हाल यस कम्पनीको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ।
साथै पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश जारी गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने र आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्ने निर्णय समेत गरेको छ।












