४९.५१ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको मुनाफा, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्ता ?

७ माघ २०८१, सोमबार ०५:४५

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेर ८ अर्ब २९ करोड रुपैयाँमा पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब २करोड रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको संचालन नाफा ४७.८८ प्रतिशतले बढेर ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको चुक्तापूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ । कम्पनीको खराब कर्जा ४.८६ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*