चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस २८ गतेको साधारणसभाले पारित गरेको २ प्रतिशत नगद लाभांश (कर समेत) माघ ७ गतेदेखि शेयरधनीको खातामा पठाएको जनाएको छ।
कम्पनीले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक र शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गरी नगद लाभांश प्राप्त गर्न आग्रह समेत गरेको छ।
साथै शेयर धितो राखी कर्जा सुविधा लिएका शेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट स्वीकृति पत्र शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गरेपछि मात्रै नगद लाभांश पठाइने जानकारी दिएको छ।
कम्पनीको सभाले शेयरधनीलाई नगद लाभांशको अतिरिक्त १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो। कम्पनीले पुस १६ गते बुक क्लोज गरेकाले पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।











