हिमालयन लघुवित्तको वित्तीय विवरणमा प्रगतिः नाफासँगै ईपीएस बढ्यो

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३९५ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर २ करोड ६० लाख रुपैयाँभन्दा बढी पुगेको छ। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा समेत बढ्न पुगेको हो।
कम्पनीको सञ्चालन नाफा गत आवमा ७५ लाख ११ हजार रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी पुगेको छ। त्यस्तै खुद ब्याज आम्दानी पनि गत आवमा ११ करोड ७२ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा १२ करोड रुपैयाँ रहको छ भने सञ्चित मुनाफा २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीले ४ अर्ब ३६ करोड रुपैयाँ सापटी लिएर १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) पनि १३ रुपैयाँ १ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ भने खराब कर्जा ५ दशमलव ६२ प्रतिशत रहेको छ।












