बढ्यो पुँजी बजारः कारोबार ९ अर्ब ४० करोड, विकास बैंक र फाइनान्सको सर्वाधिक बढ्यो

१५ माघ २०८१, मंगलवार १५:०६

काठमाडौँ । लगातार तीन दिन ओरालो लागेको शेयर बजार आज भने दोहोरो अकंले बढ्न पुगेको छ । बजार बढेसँगै लगानीकर्ता उत्साह आएको हो ।

यसदिन विकास बैंक र फाइनान्सका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । आज विकास बैंकको ४.०७ प्रतिशत र फाइनान्स समूहको १.८८ प्रतिशतले शेयर मूल्य बढेको हो ।

मंगलबार ११७ कम्पीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अकंले बढेर २६५७.७७ बिन्दुमा कायम भएको छ ।

आज ३२५ कम्पनीको १ करोड ९६ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४० करोडको शेयर कारोबार भएको छ । आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*