बजार बढ्दा ६ कम्पनीमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
१५ माघ २०८१, मंगलवार १५:१४

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यस दिन बजार बढेसँगै विभिन्न इन्डेक्सका ६ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कारोबार भएका १७७ वटा कम्पनीको शेयरमा हरियाली छाएको छ ।













