एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

१८ माघ २०८१, शुक्रबार ०७:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ।

बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको समयावधिसम्म संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेपछि अबभने सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको हो।

सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ।

शेयर खरिदका लागि निवेदन दिएपछि बिक्रेता संस्थापकसँग समन्वय गरी आपसी सहमतिमा मात्रै शेयर खरिद बिक्री प्रकिया अघि बढाईने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*