बजारमा झिनो सुधार: कारोबार साढे ११ अर्ब हुँदा परिसूचक २७३०, कस्तो होला अबको यात्रा ?

२१ माघ २०८१, सोमबार १५:०७

काठमाडौँ । आइतबार हरियाली भएको बजारमा आज भने झिनो सुधार देखिएको छ । बिक्री गर्नेहरु हाबी हुँदा बजार दबाबमा पुगेको हो ।

पछिल्लो समय कारोबार रकमले रौनक थप्दै गएको छ । कारोबारले बजार माथि नै जान संकेतहरु देखाइरहेको छ । बजार विश्लेषकहरूका अनुसार शेयर बजारको यो सकारात्मक सुरुवातले आगामी दिनमा बजारमा थप गति आउने अपेक्षा गरिएको छ। सरकारी पहल र बैंकहरूको सस्तो ब्याजदरले बजारलाई बलियो बनाउने आशा गरिएको छ ।

नेप्सेले विगत लामो समय बियरिस अवधिमा बिताइसकेपछि अब बुल रनमा प्रवेश गर्ने उपयुक्त समय भएको जानकारहरूको भनाइ छ। अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको विभिन्न पहलले बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । विशेषज्ञहरूले लगानीकर्तालाई वित्तीय रूपमा सबल र राम्रो लाभांश दिने कम्पनीहरूमा लगानी गर्न सुझाव दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अकंले बढेर २७३० बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड ३४ लाख ८४ हजार ४५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५६ करोड ११ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक घटेको छ । फाइनान्स सेक्टरको शेयर मूल्य १।०७ प्रतिशतले घटेको हो । साथै, विकास बैंक समूहको ०।३९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०।०१ प्रतिशत, हाइड्रोपावर समूहको ०।४८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०।४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार ९७ कम्पनीको शेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ । यसदिन उपकार लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा क्रमशः एनआरएन,बरुण हाइड्रोपावर र साहस उर्जा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*