२ वटामा सकारात्मक सर्किटसँगै ९७ कम्पनीका लगानीकर्ता मालामाल
२१ माघ २०८१, सोमबार १५:१४

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजारमा आज कारोबार भएका ९७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
सोमबारको कारोबारमा उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, सनराइज फोक्स्ड फण्डको शेयरमूल्य ९.०२ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको शेयरमूल्य ८.७४ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।














