प्रतिकित्ता तीन सयमा आशा लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

२३ माघ २०८१, बुधबार ०८:११

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ५९ हजार ७२३ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयरहरू यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म आंशिक मात्रामा शेयर खरिदका लागि मात्रै आवेदन परेपछि बाँकी रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपास्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*