समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
२३ माघ २०८१, बुधबार ०९:०७

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते अन्तिम दिन रहेको छ।
यस कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम शेयरधनीहरू मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर समेत) लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त निर्णय पारितका लागि आउदो फागुन ११ गते काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि सभा बस्दैछ।












