तरलता कम गर्न आज पनि ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंंक

२३ माघ २०८१, बुधबार ११:१०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ ।

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।बुधबार बैंकले ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २० दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ । साँवा तथा ब्याज भुक्तानी भने अगामी कात्तिक फागुन १३ गते हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*