धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र पुनः सुचारु

२३ माघ २०८१, बुधबार १७:२१

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रको प्रक्रिया पुनः सुचारु गरेको छ। यस अघि २०७४ सालको मिति ०४र०८ का निर्णय अनुसार मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरिएको थियो, तर अब उक्त प्रक्रिया पुनः प्रारम्भ गरिएको छ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिमा भनेको छ, धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६७ बमोजिम मर्चेन्ट बैकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य हाल पुनः प्रारम्भ गरिएको छ।

विज्ञप्तिमा थप भनिएको छ नियमावली बमोजिम मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त संस्थाले यदि सार्वजनिक निष्कासन गर्न चाहन्छ भने संस्थाले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गरेको दश वर्ष पूरा गरिसकेको र कम्तीमा एक अर्ज चुका पुँजी कायम गरेको हुनुपर्ने छ। यसबाहेक, नियमावली बमोजिमको प्रावधान अनुसार उक्त संस्थाले पुँजीको कम्तीमा तीस प्रतिशत हिस्सा सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था रहेको छ।

नेपाल धितोपत्र बोर्डको यो निर्णयले मर्चेन्ट बैंकर व्यवसायमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ। यससँगै, अब मर्चेन्ट बैंकर व्यवसायका लागि अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया पुनः सुरु हुने भएकोले यसले पुँजी बजारमा थप प्रतिस्पर्धा र सुधार ल्याउने अपेक्षा गरिएको छ।

नेपाल धितोपत्र बोर्डले यस निर्णयसँगै पुँजी बजारको विस्तार र सुधारका लागि आफ्नो प्रयासलाई निरन्तरता दिने संकेत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*