एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाई आजदेखि बिक्रीमा

२४ माघ २०८१, बिहीबार ०७:४५

काठमाडौं । एनएमबि बैंक लिमटेड कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल–२ आज माघ २४ गतेदेखि बिक्रीमा आएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँ बरारबको १२ करोड इकाई जारी गरेको हो। जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रबद्धर्क र १२ लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। यसरी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

यसमा आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा १ करोड २० लाख इकाई माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन माघ २८ गतेसम्म दिन सकिनेछ। तर यो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा फागुन ८ गतेसम्म लम्बिनेछ।

यस अवधिभित्र कम्तीमा ६ करोड इकाईका लागि आवेदन परेको खण्डमा मात्र इकाई बाँडफाँड गरिनेछ। न्यूनतम आवेदन नपरेमा योजना खारेज गरी लगानीकर्तालाई रकम फिर्ता गरिनेछ।

यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*