बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार ९ अर्ब, मनोबल नै कमजोर हो ?

काठमाडौँ । पुँजी बजार ओरालो लागेको छ । लगातार तेस्रो दिन समेत बजार ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको हो ।
यस साताको आइतबार बजार उच्च अकंले बढेको थियो । सोमबार समेत सुधारलाई निरन्तता दिएको भएपनि त्यसयता बजार ओरालो लागेको छ । बजार बढ्दा बिक्री गर्नेहरु हाबि भएको र अब बजार प्रवेशको बाटो खोजि रहेको अनुमान हुन थालिएको छ ।
बजारमा सस्तो मूल्यको अवसर र दोस्रो त्रैमासिक रिपोर्टहरूको आगमनले आगामी समयका लागि सकारात्मक दृष्टिकोण थप गरेको छ । बैंकिङ प्रणालीमा उच्च तरलता र सस्तो ब्याज दरले सेयर बजारमा बढोत्तरीको सम्भावना बढाएको विश्लेषण गरिएको छ। बजारको कारोबार रकम पनि बढ्दै गएको छ, जसले नेप्से सूचकांकको वृद्धिमा योगदान पुर्याएको छ, र यसले बजारलाई बलियो बनाएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अकंले घटेर २६९९.८१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको शेयर कारोबार भएको छ ।
यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको १.५८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बिहिबार ७४ कम्पनीको शेयर मूल्य बढ्दा १६० कम्पनीको बढेको छ ।












