सरकार अपराधीलाई चोख्याउँदै, नयाँ स्टक लाइसेन्समा बिचौलियाहरुको हाबि: प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले अपराधीलाई चोख्याउने र कानुनलाई बङ्ग्याएर अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकार अपराधीलाई धुने र सुन पानी छर्किने काममा लागेको टिप्पणी गरे।
प्रचण्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने सरकारको तयारीलाई गलत बाटो भन्दै कडा आलोचना गरे। ‘धितोपत्र बोर्डमा बिचौलियाहरूको आँखा परिरहेको छ। ऐनले परिकल्पना नगरेको निर्देशिका बनाएर लाइसेन्स दिन खोजिनु गैरकानुनी कदम हो’ प्रचण्डले भने।
उनले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स कमिसनको आधारमा होइन, खुला प्रतिस्पर्धामार्फत दिनुपर्ने बताए। ‘सरकारले आफ्नै सम्पत्ति ठान्ने वातावरण बन्नु पर्छ। यो प्रक्रिया तत्काल रोक्नुपर्छ’ प्रचण्डले चेतावनी दिए।
‘नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सलाई सरकारले आफ्ना सम्पत्ति मान्ने बातावरण बनोस् । लाइसेन्स दिनै पर्ने भए कमिसनबाट होइन खुल्ला प्रतिस्पर्धाबाट दिनुपर्नेछ । त्यसका लागि अहिलेको अवैध प्रक्रिया रोक्नु पर्छ’ प्रचण्डले भने ।












