प्रचण्डको प्रश्न, ‘रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओमा नक्कली अडिट काण्ड के भयो ?’

२४ माघ २०८१, बिहीबार १५:४५

काठमाडौँ । माओवादी अध्यक्ष पुष कमल दाहालले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ विषय संसदमा उठाएका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ नक्कली अडिट काण्डको के भयो ? भन्दै प्रश्न गरेका हुन ।

उनले भने, ‘म सरकारलाई सोध्न चाहान्छु । स्पिनिङ्ग मिल्सको आइपीओ नक्कली अडिट काण्डको के भयो ? यसको पनि उत्तर मै दिन्छु । धितोपत्र बोर्डमा मिलाइयो ।’

कम्पनीले नेपाल धितोपत्र बोर्डमा गलत र झूठा वित्तीय विवरण बुझाएर बुक बिल्डिङ विधिमार्फत महंगो मूल्यमा आईपीओ निष्काशन गर्न लागेको भन्दै सेबोन र प्रहरीमा उजुरी परेको थियो । तर, सो उजुरी माथि सेबोन भित्रैबाट छानबीन गरिएको भन्दै थप अध्ययनको लागि फाइल सिआईबीलाई बुझाइएको थियो । झूठा वित्तीय विवरण तयार पारी सोझा लगानीकर्तालाई फसाउने उद्देश्यले बुक बिल्डिङमा आईपीओ जारी गर्न लागेको विषयमा पर्याप्त अनुसन्धान गर्नुपर्नेमा सिआईबी नै पछाडि हटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*