६ महिनामा कुन मन्त्रालयको बजेट खर्च कति ?
२४ माघ २०८१, बिहीबार २०:३६

काठमाडौं । परराष्ट्र मन्त्रालय बजेट खर्चमा सबैभन्दा अगाडि देखिएको छ ।अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षाका क्रममा यस्तो देखिएको हो ।
यो अवधिमा उक्त मन्त्रालयले ५०।६४ प्रतिशत खर्च गरेको छ । त्यस्तै सबैभन्दा कम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ७।६२ प्रतिशत खर्च भएको छ ।
२२ मन्त्रालयमध्ये यो अवधिमा ७ मन्त्रालयको खर्च २० प्रतिशत भन्दा कम छ । ५ मन्त्रालयको २० देखि ३० प्रतिशत, ५ वटाको ३० देखि ४० प्रतिशत र बाँकी मन्त्रालयको ४० प्रतिशतभन्दा माथि खर्च भएको छ ।












