महुली लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

२५ माघ २०८१, शुक्रबार ०६:२७

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ दशमलव ६९ प्रतिशतले घटेको छ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा घटेर ८९ लाख रुपैयाँमा सिमित भएको छ। कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नाफामा दबाब परेको हो।

गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १ करोड १८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यससँगै गत आवमा कम्पनीको सञ्चालन नाफा ३ करोड ७३ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर १ करोड २७ लाख रुपैयाँमा झरेको छ।

यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३४ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ। गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १२ करोड २३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ३ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत घटेको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २० पैसा रहेकोमा चालू आवमा घटेर ५ रुपैयाँ ५६ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३१ पैसा र निष्क्रिय कर्जा ४ दशमलव ८९ प्रतिशत छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*