अमेरिकी डलर पुनः नयाँ बिन्दुमा, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९.८३ रुपैयाँ र बिक्रीदर १४०.४३ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो दिन पनि डलरले नयाँ मूल्य कायम गरेको थियो।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १४४.९६ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३.७८ रुपैयाँ र बिक्रीदर १७४.५३ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.४९ रुपैयाँ र बिक्रीदर १५५.१५ रुपैयाँ कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७.६४ रुपैयाँ र बिक्रीदर ८८.०१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.४४ रुपैयाँ र बिक्रीदर ९७.८६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३६ रुपैयाँ र बिक्रीदर १०३.८० रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१८ रुपैयाँ र बिक्रीदर १९.२६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.३५ रुपैयाँ र बिक्रीदर ३८.५२ रुपैयाँ कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४.१४ रुपैयाँ र बिक्रीदर ४.१६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०७ रुपैयाँ र बिक्रीदर ३८.२३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.५३ रुपैयाँ र बिक्रीदर ३१.६६ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८१ रुपैयाँ र बिक्रीदर १२.८६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४३ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७.९६ रुपैयाँ र बिक्रीदर १८.०४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५३.१२ रुपैयाँ र बिक्रीदर ४५५.०६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.९० रुपैयाँ र बिक्रीदर ३७२.४९ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६३.१८ रुपैयाँ र बिक्रीदर ३६४.७४ रुपैयाँ तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।











