नारायणी डेभलपमेन्ट बैंकको कार्यालय स्थानान्तरण, तीन दिन बैंकिङ्ग सेवा अवरुद्ध हुने
२५ माघ २०८१, शुक्रबार ११:२३

काठमाडौँ । चितवनको टाँडीस्थित नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय र भरतपुर शाखा स्थानान्तरण गरिने भएको छ। बैंकले रत्ननगर नगरपालिका वडा नं. ०१ टाँडीस्थित केन्द्रिय कार्यालय र हाकिमचोकस्थित भरतपुर शाखालाई भरतपुर महानगरपालिका वडा नं. १०, वाईपास रोडमा रहेको जिल्ला सहकारी संघ लिमिटेडको भवनमा सार्ने निर्णय गरेको छ।
बैंकको स्थानान्तरण कार्यसँगै डाटा सेन्टर र सर्भर प्रणाली पनि स्थानान्तरण गर्नुपर्ने भएकाले माघ २५ गते शुक्रबार अपरान्ह १ बजेदेखि माघ २७ गते आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण बैंकिङ्ग सेवा पूर्ण रूपमा अवरुद्ध हुने जानकारी दिइएको छ।
बैंकले स्थानान्तरणका कारण सेवा अवरुद्ध हुँदा ग्राहकहरूलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थना व्यक्त गरेको छ।













