सूर्याेदय वोमी लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, नाफासँगै ईपीएस वृद्धि

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५९ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा २ करोड ३४ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दानी बढेकाले नाफा वृद्धि भएको हो।
कम्पनीको सञ्चालन नाफा गत आवमा ३ करोड ३५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा २५ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३० करोड ३९ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ३९ करोड रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ५ अर्ब ४ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। कम्पनीको ईपीएस गत आवमा ५ रुपैयाँ १६ पैसा रहेकोमा चालू आवमा बढेर ६ रुपैयाँ ७८ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३५ पैसा र निष्क्रिय कर्जा ५ दशमलव ४४ प्रतिशत रहेको छ।












