राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपैयाँको मुद्दती निक्षेपमा लगानी गर्ने

२७ माघ २०८१, आईतवार १३:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपैयाँ बैंक र वित्तीय संस्थाहरूमा निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उपदान र पेन्सन कोषमा रहेको यो रकम विभिन्न बैंक र वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने जनाएको छ।

राष्ट्र बैंकको योजनाअनुसार, कुल रकममध्ये १ अर्ब ७५ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ३२ करोड ८५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र १० करोड ९५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिनेछ। राष्ट्र बैंकले यसका लागि २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपको अवधिका लागि ब्याजदर प्रस्ताव गर्नका लागि इच्छुक बैंक र वित्तीय संस्थालाई आह्वान गरेको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २९ गतेभित्र आफ्नो ब्याजदर प्रस्ताव प्रस्तुत गर्नुपर्नेछ। यस लगानीको उद्देश्य देशको वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने र बैंकहरूको माध्यमबाट सुलभ तरिकामा ब्याजको दर निर्धारण गर्नु रहेको राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*