नेशनल लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी बढ्यो

२८ माघ २०८१, सोमबार ०७:२८

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०६ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आवमा १० करोड ४१ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर २१ करोड ५२ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो।

कम्पनीको सञ्चालन नाफा गत आवमा १४ करोड ८८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३० करोड ७५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ३५ करोड ३१ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६६ करोड ३८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वितरणयोग्य नाफा २४ करोड १५ लाख रुपैयाँ छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ छ। कम्पनीको सञ्चित मुनाफा २४ करोड १५ लाख र जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। कम्पनीले १६ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन र २२ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १९ रुपैयाँ २२ पैसा रहेकोमा चालू आवमा बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ६७ पैसा र निष्क्रिय कर्जा ३ दशमलव ०४ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*