स्वरोजगार लघुवित्तको खुदा नाफा ८ करोड ८० लाख, ईपीएस कति ?

२८ माघ २०८१, सोमबार ११:११

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार समीक्षा अवधिमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १२४.६२ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा संस्थाले ३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

साथै, यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६५.२२ प्रतिशतले बढेर २७ करोड ५१ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा वृद्धि आएको हो । इम्पेयरमेन्ट चार्ज पनि बढेर ३ करोड ४६ लाख पुगेको छ । जगेडा कोषमा २६ करोड ७३ लाख रुपैयाँ जम्मा छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६.२३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ६७ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको छ । समग्र वित्तीय सूचांकको आधारमा भन्नुपर्दा एकदम बलियो बन्दै गएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*