बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार ७ अर्ब, अर्धवार्षिक समीक्षाको प्रतिक्षा हो ?

काठमाडौँ । पुँजी बजार लगातार पाँचौ दिन समेत ओरालो लागेको छ । पछिल्लो समय बजार २७ सय बिन्दु नाघ्न खोज्दा विक्रेताहरुको हावीले सूचक फेरि तल झरी रहेको हो ।
लगानीकर्ताको मनोबल कमजोर हुँदा थोरै नाफा हुने वित्तिकै बुक गर्ने रेका छन् । यद्यपि, बजारमा क्रेताहरुको उपस्थिति सकारात्मक देखिएको छ । कारोबार रकम औसत स्तरमै कायम रहँदा शेयर एकुमुलेसनको क्रम पनि तीव्र बनेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले लगानीकर्ता उत्साहित बनेका छन्। बैंकहरूले सस्तो ब्याजदरमा शेयर धितो कर्जा दिन थालेपछि ठूला लगानीकर्ताको सक्रियता बढेको छ। सरकारले सेयर बजारप्रति सकारात्मक दृष्टिकोण देखाउँदै नीतिगत सुधारका संकेत दिएका कारण समग्रमा बजार माथि जाने आधारहरू बलिया देखिएका छन्।
बाह्य अर्थतन्त्र सबल भइरहेकाले आन्तरिक अर्थतन्त्र पनि चलायमान हुने विश्लेषकहरूको भनाइ छ । तर, अल्पकालीन कारोबारीको बिक्री प्रवृत्ति र नेप्सेको २७ सय बिन्दुमा पुग्दा हुने मनोवैज्ञानिक दबाबले बजारमा अझै अस्थिरता कायम रहेको छ । विश्लेषकहरूको भनाइमा दोस्रो त्रैमासिक मौद्रिक नीति सकारात्मक आयो भने बजारले नयाँ उचाइ लिन सक्ने सम्भावना छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अकंले घटेर २६७७.३२ बिन्दुमा आइपुगेको छ । आज ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२१ प्रतिशत, फाइनान्स समूहको १.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१७ प्रतिशतले शेयर मूल्य घटेकोछ ।

आज ७७ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ ।












