उपकार लघुवित्तले दियो सदस्यहरुलाई व्यवसायीक तालिम

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा माघ २८ गते शाखा कार्यालय सम्झना बाँकेका करिब ३५ जना सदस्यहरुलाई व्यवसायीक पशुपालन तालिम प्रदान गरिएको छ।
उक्त तालिममा संस्थाका सदस्य र केन्द्र प्रमुखहरूको सहभागिता रहेको थियो। तालिम पशु प्राविधिक बालकिसुन थारुले प्रशिक्षण दिएका थिए। कार्यक्रमका प्रमुख अतिथी शाखा प्रबन्धक सुमित्रा महतरा क्षेत्रिले यस तालिमले ग्राहक सदस्यहरूको ब्यावसायिकिकरणमा मद्धत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सहजिकरण केन्द्रीय कार्यालयकी संचालन र समन्वय विभाग प्रमुख पावती पराजुलीले गरेकी थिइन्। पराजुलीले तालिमको उद्देश्य र संस्थाको भावी कार्यक्रमबारे समेत प्रकाश पारे। उनले तालिमले वित्तीय संस्थालाई आगामी दिनमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
तालिममा ५७ जना सदस्यहरूको सहभागिता रहेको थियो र अनुगमन अधिकृत भगवति महतराले पनि कार्यक्रमको सफलतामा योगदान पुर्याएका थिए।












