अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौँ । अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्तगरेको हो । उक्त सम्झौता पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
अर्बिट इनर्जी लिमिटेडले संखुवासभाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभा खोला ‘बी’ २१।५ मेगावाट र सभा खोला ‘सी’ ६।३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।












