साढे २ लाख कित्ता शेयर बेच्दै गणपति लघुवित्त

२ फाल्गुन २०८१, शुक्रबार ०६:२६

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ४८ हजार ९३१ कित्ता शेयर बेच्ने भएको छ ।

कम्पनीले बेच्न राखेको उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनी आफूले किन्न चाहेको शेयर संख्या विवरण खुलाई ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

३५ दिन भित्र संस्थापक शेयरधनीबाट शेयर किन्न आवेदन नपरेको खण्डमा भने उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*