इमर्जिङ्ग नेपालको ५० लाख कित्ता शेयरको लकइन भोलिदेखि सकिँदै
२ फाल्गुन २०८१, शुक्रबार ०६:४६

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ५० लाख ११ हजार ५१२ कित्ता शेयरको लकइन अवधि भोलि फागुन ३ गतेबाट सकिँदैछ। हाल कम्पनीका संस्थापकतर्फको ५० लाख ४०० कित्ता र कर्मचारीतर्फको ११ हजार ११२ कित्ता शेयर लक इनमा रहेको छ।
कम्पनीले २०७८ साल फागुन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो। यसरी सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म कम्पनीका संस्थापक र कर्मचारीको शेयर लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ।












