नारायणी विकास बैंकको सय कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

२ फाल्गुन २०८१, शुक्रबार ०७:२२

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता शेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ।

बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेकोमा बाँकी रहेको उक्त शेयर अब सर्वसाधराणलाई बेच्न लागेको हो।

यो शेयर किन्न इच्छुकले ७ दिन भित्र आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*