कुमारी बैंकको २५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

४ फाल्गुन २०८१, आईतवार ०७:१४

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २५ हजार ४६८ कित्ता शेयर बिक्रीमा राखेको छ। सम्बन्धित शेयरधनीले आफ्नो हकको शेयर बेच्न बैंकमा निवेदन दिएपछि बैंकले बिक्रीमा राखेको हो।

बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिद आह्वान गरेको थियो। तोकिएको अवधिभित्र संस्थापकबाट शेयर किन्न आवेदन नपरेपछि अब भने सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको छ।

शेयर किन्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र नक्साल स्थित शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*