इन्फिनिटी लघुवित्तको ३२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

४ फाल्गुन २०८१, आईतवार ०८:२५

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका साथै सर्वसाधारणले समेत किन्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू र सर्वसाधारणले आगामी १५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

उक्त शेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुने र विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्रीमा राखिसकिएको समेत कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*