हकप्रद निष्कासनका लागि दोर्दी खोलाले फागुन १५ गते बुक क्लोज गर्ने

४ फाल्गुन २०८१, आईतवार १२:२६

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयरको निष्कासनका लागि यही फागुन १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कम्पनीको शेयर खरिद गरेका शेयरधनीहरूले मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १०० प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*