एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्सको सर्वाधिक कारोबार, कुनको कति ?
४ फाल्गुन २०८१, आईतवार १५:०७

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यस दिन पनि एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड ५४ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, सीईडीबि होल्डिङ्सको ३१ करोड ३८ लाख रुपैयाँ, हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख रुपैयाँ, न्यादी हाइड्रोपावरको २२ करोड चार लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।













