कालिका लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा
६ फाल्गुन २०८१, मंगलवार ०८:१४

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कास्कीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि लिखित जानकारी प्राप्त हुन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।












