सामुदायिक लघुवित्तको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित
८ फाल्गुन २०८१, बिहीबार ११:२४

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा ६ जनालाई नियुक्त गरिएको छ ।
कम्पनीको फागुन ६ गते सम्पन्न भएको वार्षिक साधारण सभाले संस्थापक समुहका नन्द कुमार महर्जन, राजेश्वर अधिकारी, पुष्पराम श्रेष्ठ र किशोर भाई बज्राचार्यलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।

साथै, सोही वार्षिक सभाले सर्वसाधारण समुहका नविन शर्मा र निर्मला नेपाललाई पनि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।












