मर्जर प्रस्ताव सहित महिला लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो चैत ७ गते विहीबार सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा. लि. मा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीले अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव राखेको छ।
त्यस्तै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र नियमावलीको नियम ३२ (ग) संशोधन गर्ने प्रस्ताव सभाका लागि तय गरिएको छ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २५ गते १ दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।












