यो साता ५ कम्पनीको ३ करोड ६९ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?
१० फाल्गुन २०८१, शनिबार ०९:५८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता विभिन्न क्षेत्रका ५ वटा कम्पनीको शेयर सूचीकृत भएको छ ।
नेप्सेमा आइतबार छिमेक लघुवित्तको ८ प्रतिशत बोनश शेयर बराबर २३ लाख ८१ हजार ७३७ कित्ता र मंगलबार सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता थप सेयर सूचीकृत भएको छ ।
साथै, बिहीबार कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५०२ कित्ता, शिवम् सिमेन्टको ८ दशलमव ५५ प्रतिशत बोनश शेयर वापत ४२ लाख ९८ हजार ८५ कित्ता र फस्र्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४४४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।
यी तीन कम्पनीको सूचीकृत भएको बोनश शेयर आइतबारदेखि कारोबारमा आउने भएको छ ।












