नेपाल बैंकको साधारणसभा चैत ६ गते, बुक क्लोज कहिले?

११ फाल्गुन २०८१, आईतवार ०६:३४

काठमाडौं । नेपाल बैंक लिमिटेडको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६५औं वार्षिक साधारणसभा आउदो चैत ६ गते बुधबार काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजे बस्ने निर्णय गरेको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा प्रयोजनार्थ बैंकले यही फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*