एभरेष्ट बैंकको ऋणपत्र फागुन १८ गतेदेखि

११ फाल्गुन २०८१, आईतवार ०८:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यही फागुन १८ गतेदेखि १० वर्ष अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र २०९१’ सार्वजनिक निष्कासन गर्ने भएको छ।

बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १५ गते स्वीकृति पाएको थियो।

जसमध्ये ६० प्रतिशतले हुने १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट र ४० प्रतिशतले हुने १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशतले हुने ६० हजार कित्ता ऋणपत्र सामूहिक लागनी कोषलाई सुरक्षित गरिएको छ।

यो ऋणपत्र खरिदका लागि आवेदन दिँदा घटीमा २५ कित्ता र बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यसमा फागु्न २१ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत ३ गतेसम्म लम्बिनेछ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रूपले प्रत्येक ६–६ महीनाको अवधिमा हुने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*